काठमाडौं। गायिका आनी छोइङ डोल्माले शुक्रबार काठमाडौंको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेकी छिन। अन्तराष्ट्रिय समुदायका ब्यक्तिहरुलाई लक्षित गर्दै आनीले काठमाडौंको हायात होटलमा आफ्नो प्रस्तुति दिएकी हुन्।
उनको कार्यक्रम हेर्न चीन,रुस र हङकङका ६ सय जना भन्दा बढीको उपस्थित भएका थिए। उनीहरु आ-आफ्नो देशमा टिकट काटेर हवाइ भाडा समेत आफैँ हालेर आनीको कार्यक्रममा सहभागी भएका हुन।
‘गुरु ब्लेसिङ’ नाम दिएको कार्यक्रममा आनीले नेपाली र चाइनिज भाषाको गीतहरु सुनाएकी छिन्। त्यस अवसरमा आनीले नेपालले पर्यटन वर्ष २०२० मनाउन गइरहेको हुदाँ अर्कोपल्ट परिवारसहित नेपाल घुम्न आउन सहभागीहरुलाई आग्रह गरेकी थिइन।