एजेन्सी। सोमालियाको राजधानी मोगादिसुमा भएको कार बम बिस्फोटमा परी ५ दर्जन बढीको मृत्यु भएको छ। राजधानीको ब्यस्त सडक चोकमा रहेको चेकपोस्टमा गराइएको बिस्फोटमा परेर मृत्यु हुनेको संख्या अहिलेसम्म ६१ पुगेको छ ।
विस्फोटका क्रममा कयौं सर्वसाधारण सडकमा रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। सोमालियाका एक जना सांसद मोहम्मद अब्दिरिजाकले ९० जना भन्दा बढीको मृत्यु भएको दावी गरेका छन्।
विस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन। तर अलकायदा समर्थित शबाबले नै यो विष्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।