विराटनगर, १२ पुुस । सात वटा प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको भेला १० बुँदे साझा धारण तय गर्दै आज विराटनगरमा सम्पन्न भएको छ। प्रदेश १ का मूख्यमन्त्री शेरधन राईको उपस्थितमा भएको छलफलमा सातवटै प्रदेशका आन्तरिक मामिला मन्त्री, सचिव र न्यायाधिवक्ता तथा सुुरक्षा प्रमूखहरुको सहभागिता थियो।
प्रदेश नम्बर १ को राजधानी विराटनगरमा भएको छलफलमा प्रादेशिक शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक कानूनी व्यवस्था, नीति लगायतका विषयमा सातै प्रदेशका गृहमन्त्रीहरु सहमत भएका हुन् ।प्रदेश प्रहरीको सञ्चालनमा प्रदेश सरकारको नेतृत्वदायी भूमिका कार्यान्वयनका लागि आवश्यक पहल कदमी गर्नुपर्ने लगायतका विषयमा छलफलले निष्कर्ष निकालेको छ।
प्रदेश १ मा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको शान्ति सुरक्षा कायम गराउन प्रदेश सरकार मातहतको प्रदेश प्रहरी आवश्यक रहेको र सोही अनुसार संघ सरकारले कानून निर्माण गरी प्रदेश प्रहरी गठनको बाटो खोल्न आवश्यक रहेको बताए।