नेकपा सचिवालय बैठक जारी, ‘एमसीसी र सभामुख’ मुख्य एजेन्डा

Nekapa_Sachiwalay
लाेकपाटी न्यूज

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

बिहान ९ बजे सुरु बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र संघीय संसदको सभामुख चयन एजेन्डा रहेको नेकपा सचिवालयका एक सदस्यले जानकारी दिए। एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा नेकपाभित्रै मतभेद छ।

गत साता सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी) बारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो। यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।