विरोधका नाममा सडकमा पोख्ने दूध विद्यार्थीलाई खुवाउनुस्

Shankar-Pokhrel
लाेकपाटी न्यूज

बुटवल। प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बिरोधका नाममा सडकमा दुध पोखेर नष्ट नगर्न आह्वान गरेका छन्। नेपाल डेरी एशोसीयसनको २१ औ केन्द्रीय साधारण सभाको बुटवलमा उदघाटन गर्दै मुख्यमन्त्री पोखरेलले दुधको मुल्य पाएनौं भनेर दुध पोख्नु गलत रहेको बताए।

उनले बिरोध नै गर्नुपरे विद्यालयमा गएर निशुल्क रुपमा वालबालिकाहरलाई वितरण गरेर पनि विरोध गर्न सकिने ब्यवसायीहरुलाई सुझाव समेत दिए। मुख्यमन्त्री पोखरेलले दुग्धजन्य वस्तुको विविधिकरण र ब्रान्डिङ्गको विकल्प नभएको बताउँदै उपभोक्ताहरुको मन जित्नका लागि पनि डेरी व्यवसायीहरुलाई ब्रान्डिङ्गमा जान सुझाव दिए।

साधारण सभामा उपस्थित ब्यवसायीहरुले सरकारको नीतिका कारण दुध र डेरी ब्यवसाय फस्टाउन नसकेको गुनासो गरेका थिए। किसानहरुले आफूले उत्पादन गरेका वस्तुको उचित मूल्य नपाएको गुनासो गरिरहेका बेला पोखरेलले त्यसतर्फ लक्षित गर्दै विरोध समाधान नभएको बताए।