कमल थापाले वीरेन्द्रलाई यसरी सम्झे !

kamal-thapa
लाेकपाटी न्यूज

काठमाडौं। आज पुस १४ गते तत्कालीन राजा वीरेन्द्रको जन्मदिनलाई राप्रपाका अध्यक्ष कमल थापाले स्मरण गरेका छन्। पूर्वराजा वीरेन्द्रसहित सपरिवारको एक गोली काण्डमा मृत्यु भएको थियो।

वीरेन्द्रप्रति श्रद्धाञ्जली दिँदै उनले नेपालको भूराजनीतिक अवस्था र सामाजिक सांस्कृतिक परिवेशमा राजसंस्था सहितको लोकतन्त्र नै नेपालको स्वतन्त्र अस्तित्व र सम्वृद्धिको आधारस्तम्भ भएको बताए।

उनले आज ट्विट गर्दै भनेका छन्, ‘आज पौष १४ राजा बिरेन्द्रको शुभजन्म दिन। नेपाली जनताका लोकप्रिय राजा स्व.श्री ५ वीरेन्द्रमा हार्दिक श्रद्धाञ्जली। नेपालको भूराजनीतिक अवस्था र सामाजिक सांस्कृतिक परिवेशमा राजसंस्था सहितको लोकतन्त्र नै नेपालको स्वतन्त्र अस्तित्व र सम्वृद्धिको आधारस्तम्भ हो भन्ने कहिल्यै नबिर्सौं।’