काठमाडौं, १४ पुस। अत्यधिक चिसोका कारण कठ्यांग्रिएर मध्य तराईका तीन जिल्लामा चार जनाको ज्यान गएको छ। चिसोका कारण धनुषा, पर्सा र बारामा चार जनाको ज्यान गएको हो।
जनकपुर उपमहानगरपालिका २३ की ४४ वर्षीया सुनितादेवी कापडीको ज्यान गएको हो। बाराको जीतपुरसिमरा उपमहानगरपालिका २३ स्थित मस्जिद टोलका ५५ वर्षीय स्माइलमेहा मन्सुलीको ज्यान गएको छ।
बारा र पर्सामा परिचय नखुलेका अन्य दुई जनाको शव फेला परेको छ। उनीहरूको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ। दुई सातायता तराईमा बाक्लो हुस्सु चलिरहेको छ। चिसोले जनजीवन प्रभावित बनेको छ।