आठ हजार तीन सयले बढ्यो सुनको मूल्य

लाेकपाटी न्यूज

काठमाडौंं। पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर रुपमा बढ्दै गएको छ। सामान्यतः बिबाहको लगन र चाडपर्वमा बढ्ने सुनको मूल्य यसपटक भने लगन र चाडपर्व नपर्ने पुष महिनामा पनि बढ्न लागेको छ। पाँच महिनाकाे अवधिमा सुनकाे मूल्य आठ हजार तीन सयले बढेकाे हाे।

मंसिर महिनाभरि घटबढ भइरहेको सुनको मूल्य पछिल्लो तीन दिनदेखि उकालो लागेर बुधबार एकैपटक ८ सय रुपैयाँले बृद्धि भएर ७२ हजार ८ सय पुगेको छ। पुष महिनामा मात्र प्रतितोला १३ सय रुपैयाँ बढेको सुन चाँदी ब्यवसायी संघले जनाएको छ। सुनको मूल्यको बृद्धिको प्रकृति हेर्दा ६ महिना अघिको हालसम्मकै सबैभन्दा बढी तोलाको ७३ हजार ५ सयको विन्दुमा पुग्ने ब्यवसायीहरुको अनुमान छ।

भदौ ९ गते नेपालको इतिहासमै सबैभन्दा बढी छापावाला सुन तोलाको ७३ हजार ५ सयमा कारोबार भएको थियो। त्यसपछि केहि ओरालो लागे जस्तो गरेर पुनः भदौ १८ गते सोही उच्च विन्दुमा सुनको मूल्य पुगेको थियो। अमेरिका चीन ब्यापार युद्ध तथा क्रिसमसका कारण तीन दिन अन्तराष्ट्रिय बजार बन्द हुने भएकाले बजारमा सुनको मूल्य अझै बढ्ने सम्भावना रहेको नेपाल सुन चाँदी ब्यवासायी संघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए।

गत आर्थिक वर्षको अन्तिम महिना ६५ हजार ५ सय कायम रहेको सुनको मूल्य चालु आवको शुरुवातदेखि नै केही बढ्न लागेको देखिन्छ। महिलाहरुको महान पर्व तीज नजिकिएसँगै बजारमा सुनको माग बढ्छ। सोही कारण साउनमा सुनको मूल्य बढेर ७१ हजार ५ सयसम्म पुग्यो। साउनमा बढेको सुनको मूल्यले भदौको सुरुवातदेखि झन उकालो लाग्न थाल्यो।

नेपालको इतिहासमै हालसम्मको सबैभन्दा बढी सुन ७३ हजार ५ सयमा भदौ ९ र १८ गते कारोबार भयो। त्यसपछि केही ओरालो लागेजस्तो भएर भदौ २९ गते सुन ७० हजार २ सयमा कारोबार भयो। चालु आव शुरु भएयता सबैभन्दा महंगो मूल्यमा भदौमा कारोबार भएको सुन सबैभन्दा सस्तो भने कात्तिक २२ गते ६९ हजार ९ सय पुगेको देखिन्छ। पाँच महिनामा प्रतितोला सुन ८ हजार ३ सय बृद्धि भएको छ।

नेपाली बजारमा चार्डपर्वको सुन माग बढ्ने भएपनि यो बर्ष मूल्य बढ्दा सुनको खपत कम भएको ब्यवसायीहरु बताउछन्। बिगतका वर्षहरुमा तीजको बेलामा दैनिक ५० देखि ६० केजी सुन खपत हुने गरे पनि यो वर्ष दिनको १० केजीभन्दा कम कारोबार भएको सुनचाँदी व्यवसायीले बताउँदै आएका छन्। अझै बढ्ने सम्भावना अमेरिका र चीनको व्यापारिक युद्धले सुनको मूल्य निरन्तर बढ्दै गएको सुनचाँदी व्यवसायी महासंघका पुर्वअध्यक्ष तेजरत्न शाक्यले बताउँछन्।

दुई देशबीच वार्ता नभएकाले पनि सुनको मूल्य अन्तराष्ट्रिय बजार अनुसार नेपालमा पनि बढेको उनको भनाइ छ। दुई देशको व्यापारिक युद्ध तथा डिसेम्बर २७ देखि तीन दिन अन्र्तराष्ट्रिय बजार बन्द हुने भएकाले सुनको मूल्य अझै बढ्न सक्ने देखिन्छ। उनले भने ‘क्रिसमसका लागि तीन दिन अन्तराष्ट्रिय बजार बन्द हुने तथा अन्र्तराष्ट्रिय मुद्रा पनि बढेकाले सुनको मूल्य बढेको छ, यसले सुनको मूल्य अझ बढ्ने संकेत देखिन्छ।’

अन्र्तराष्ट्रिय बजारमा नै सुनको मूल्य बढ्दै गएकाले नेपाली बजार पनि यसको प्रभाव पर्ने देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔस एक हजार ४९८.१३ अमेरिकी डलर अर्थात् ११ सय डलर बढेको छ। अमेरिकी डलरको मूल्य बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन सघाउ पुगेको हो। चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ।

क्यापिटल नेपाल लेख्छ – नेपालमा सुनको मूल्य निर्धारण अन्र्तराष्ट्रिय बजारकै आधारमा गर्ने गरिन्छ। ७५ प्रतिशत अन्र्तराष्ट्रिय बजार र २५ प्रतिशत भारतीय बजारलाई आधार मानेर नेपालमा मूल्य निर्धारण गरिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्