क्याप्टेन खड्का दोषी ठहर

High Court
लाेकपाटी न्यूज

काठमाडौं, १५ पुस । सर्वोच्च अदालतले पदीय हैसियत र प्रभावमा हुने ‘शारीरिक सम्बन्ध’लाई पेशागत मर्यादाविरुद्ध भन्दै नेपाली सेनाको एक क्याप्टेनलाई दोषी ठहर गरेको छ। चेन अफ कमाण्डमा रहने कर्मचारीसँगको त्यस्तो सम्बन्धलाई ‘सहमतिका आधारमा’ होभनेर मात्रै उन्मुक्ति दिन नमिल्ने भन्दै सर्बोच्चले चण्डीदल गणका क्याप्टेन भूपेन्द्र खड्का र उनकै मातहत कुचीकार पदमा कार्यरत सैनिकलाई सैनिक विशेष अदालतबाट तोकिएको सजाय सदर गरेको हो ।

आफूमातहत कार्यरत युवतीसँग बारम्बार शारीरिक सम्पर्क राखेको, विवाहितसमेत रहेकी ती युवती त्यही क्रममा गर्भवती भएको र उनलाई गर्भपतनका लागि भारत लैजान सघाएको आरोपमा खड्का पक्राउ परेका थिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्