काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रशाद तिमिल्सिनाले तमु ल्होसारको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलूक भएको उल्लेख गर्दै उनले यस्ता विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व भएको बताएका छन्।
शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलूक हो। हाम्रो देशमा ठाउँ/समुदाय विशेष अनुसार फरक–फरक भाषा, धर्म, संस्कृति, भेषभूषा रहेका छन्, जुन हाम्रो पहिचान पनि हो। यस्ता विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व हो। तमु समुदायले पनि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै जानुपर्छ।’