बाजुरा विकट क्षेत्रका बालबालिका खोप सेवाबाट वञ्चित

lokpati banner
लाेकपाटी न्यूज
  • राजेन्द्र बिक

बाजुरा। बाजुराको पूर्वोत्तर क्षेत्रका चार स्थानीय तहका बालबालिका खोप सेवा बाट वञ्चित भएका छन्। प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको फ्रिज बिग्रिदा खोप सेवा प्रभावित भएको हो।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख ओमजंग शाहीले हिमाली गाउँपालिकामा खोप सेवा सुरु नभएको जानकारी दिए। बाजुरामा पुस पहिलो साता खोप सेवा सञ्चालन भएको थियो।

बाजुराका तीन स्थानीय तहबाहेक अन्य क्षेत्रमा खोप सेवाबाट सञ्चालन हुन नसकेको बताइएको छ। बाजुराका विकट स्थानीय तहमा हरेक वर्ष अनेक बाहनामा बालबालिकाले खोप सेवा नपाउने गरेको गुनासो स्थानीयले गरेका छन्। जिल्लाको दुर्गम हिमाली गाउँपालिकामा खोप सेवा सुरु गर्न नपाउँदै फ्रिज बिग्रेको हो।

‘हाम्रो गाउँपालिका ६ र ७ नम्बर वडाका एक सय बालबालिकाले खोप सेवा पाउनबाट छुटेका छन्। उनीहरूले पौष महिनामा पाउनुपर्ने सबै किसिमका खोपहरू पाएका छैनन्,’ हिमाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्