प्रदेश प्रमुखद्वारा प्रदेश सभाको अधिवेशन आव्हान

pradesh n 5
लाेकपाटी न्यूज

अस्मिना पाण्डे बुटवल, १५ पुस। प्रदेश ५ प्रदेश सभाको तेस्रो अधिवेशन माघ ५ गते आव्हान गरिएको छ। प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको अधिवेशन आव्हान गरेका हुन्।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको सिफारिसमा प्रदेश प्रमुख यादवले आगामी माघ ५ गतेलाई प्रदेश सभाको अधिवेशन आव्हान गरेका छन्। यो अधिवेशन प्रदेश सभाको तेस्रो अधिवेशन हो।

प्रदेश प्रमुख यादवल नेपालको संबिधानको धारा १३८ को उपधारा १ बमोजिम आगामी माघ ५ गते दिनको १ बजेलाई प्रदेश अधिवेशन आव्हान गरिएको प्रदेश प्रमुख कार्यलयका निमित्त सचिव चिरञ्जिवी पौडे्लले मंगलबार विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

001

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्