खगेन्द्र संग्राैलालाई चार लाख राशिकाे पुरस्कार

khagendra sangraula
लाेकपाटी न्यूज

काठमाडौं, १५ पुस। प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले यस वर्ष ‘पहिचान सम्मान’ गर्ने भएको छ। प्रत्येक पाँच वर्षमा पहिचान सम्मान दिने गर्दछ।

वि.स.२०७७\सन् २०२० सालको लागि लेखक, राजनैतिक विश्लेषक तथा मार्जिनलाईज् समुदायको हक अधिकार स्थापित गराउनको लागि निरन्तर योग्दान दिँदै आएका अभियन्ता खगेन्द्र संग्रौलालाई रु ४,०२,००२।– (अक्षेरुपी चार लाख दुई हजार दुई रुपैया) नगदसहित ताम्रापत्रद्धारा सम्मान प्रदान गरिने कोषका संस्थापक नरेश काङमाङ राई बताए।

यसभन्दा अगाडि ४ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ। राजन मुकारुङको ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’ र यज्ञशको ‘भुइया’ र उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया’ ले पहिचान पुरस्कार पाइसकेका छन्। यसपल्ट वितरण गरिने पहिचान सम्मान पहिलो संस्करण हो। सम्मान बैशाखको चैत्रको तेस्रो हप्ता वितरण गरिने भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्