मेलम्ची आयोजनाका पाइप र पानी पोखरीको सफाइ कार्य तिव्र

1571564182Melamchi-project
लाेकपाटी न्यूज

काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची आयोजना अन्तर्गत उपत्यकामा विछ्याएका पाइप र पानीपोखीहरुको सफाइ तथा परीक्षणका कार्यहरु तीव्र गतिमा अगाडि बढाएको छ। थोक वितरण प्रणाली र वितरण सञ्जाल अन्तर्गतका  योजनाहरुमा सो कार्य गरिरहेको हो।

वर्षायाममा उपलब्ध हुने पानीलाई प्रशोधन गरी थोक वितरण प्रणालीका पाइपहरुको सफाइ तथा चुहावट परीक्षण गर्ने कार्य गरिरहेको आयोजना कार्यान्वयन निर्देशनालयएले जनाएको छ।

हालसम्म थोक वितरण प्रणालीको कूल ७७ कि.मि पाइपमध्ये निर्देशनालयले ५९.७८ कि.मि.को सफाइ तथा परीक्षण सम्पन्न गरिसकेको छ। पाइपहरू सफा गर्न प्रयोग गरिएको पानीको धमिलोपना मापन गरी नेपाल सरकारको मापदण्ड अनुसारकोशुद्धता हासिल गरिसकेपछि थोक वितरण प्रणालीका पाइपहरूमार्फत् पानीपोखरीहरू भरिने आयोजनाले जनाएको छ।

ती पोखरीहरू भरिइसकेपछि ७२ घण्टासम्म चुहावट परीक्षण गरी पोखरीहरू सञ्चालनयोग्य अवस्थामा रहे/नरहेको परीक्षण गरिने र यदि सञ्चालनयोग्य नभएको पाइएमा आवश्यक मर्मत गरी सञ्चालनयोग्य बनाइने छ। हालसम्म निर्देशनालयले खुमलटारमा अवस्थित पानीपोखरीहरू, नयाँ महांकाल पानीपोखरी र महाराजगंजमा अवस्थित पानीपोखरीकोसफलतापूर्वक चुहावट परीक्षण सम्पन्न गरिसकेकोछ।

निर्देशनालयले वितरण संजाल सुधार अन्तर्गत हालसम्म बिछ्याइएका कूल १,००६ कि.मि. पाइपमध्ये ९०७ कि.मिको दबाव परीक्षण सम्पन्न गरीसकेको छ। कूल १,०२,५७४ घरधारा जडान गर्नुपर्नेमा ६९,३७७ धारा जडान गरिसकेको छ। साथैखानेपानीको पाइप बिछ्याइसकेपछि कूल ११० कि.मि सडक पुर्नस्थापन गर्नुपर्नेमा ४० कि.मि बिछ्याइसकेको छ।

मेलम्चीकोपानी सुन्दरीजलमा आइसकेपछि प्रशोधनपश्चात् उपत्यकामा वितरण गर्ने प्रक्रिया शुरू गर्न सहयोग पुगोस् भन्ने उद्देश्य लिइ निर्देशनालयले खानेपानी आपूर्ति संरचनाहरूको सफाइ तथा परीक्षण गरिरहेको छ। यी संरचनाहरूको पूर्ण परीक्षण गर्न ठुलोपरिमाणमा पानी आवश्यक पर्नेहुँदा उपत्यकामा मेलम्चीको पानी उपलब्ध नहुँदासम्म पूर्ण परीक्षण संभव नहुने देखिएको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्