औषधि पसलबाट लागूऔषध बिक्री गर्ने दुई पक्राउ

hatkadi-pakrau

विराटनगर, २७ असोज । औषधि पसलबाट लागूऔषध बिक्री गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

इटहरी उपमहानगरपालिका २ पशुपति चोकका २० वर्षका असिम श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका ४ का २६ वर्षका नरेश यादवलाई पक्राउ गरेको हो।

प्रहरीले श्रेष्ठलाई असोज २३ गते सुन्दरहरैंचा नगरपालिका १० स्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा पक्राउ गरेको थियो।

को १३ प १२६७ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठको साथबाट स्पासपेन १६७० पिस, केटाडोल १६२० पिस, रिमाडोल ६ पिस लागूऔषध बरामद भएको थियो।

श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा इटहरी २ मा तिरुपती मेडिकल पसल सञ्चालन गर्दै आएका नरेश यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

यादवले सञ्चालन गरेको पसलबाट डाइलक्स डिसीको दुईवटा खाली बोतल, स्पापेन २१९ पिस, स्पास्मो १९ पिस भेटिएको अधिकारीले जानकारी दिए। पक्राउ परेकाहरुमाथि म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताए।

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्