नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

  • 24
    Shares
0

काठमाडौं, २८ कात्तिक। बंगलादेशमा आजबाट सुरु हुने एसिसी इमर्जिङ टिम एसिया कपमा नेपालले आज बलियो प्रतिद्वन्दी भारतसँग प्रतिस्पर्धा गर्दैछ। नेपालसहित ८ देशको सहभागिता रहेको प्रतिस्पर्धा अन्तर्गत नेपालले बिहीबार आफ्नो पहिलो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।

समूह ए मा रहेको नेपाल र भारतबिचको खेल बिहान पौने ९ बजेपछि सुरु हुनेछ। प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन्। प्रतियोगितामा नेपालका मुख्य दुइ खेलाडी पारस खड्का र सन्दीप लामिछानेले सहभागी हुने छैन्। दुवै खेलाडी युएईमा हुने टी १० लिगमा सहभागी हुनेछन्।

त्यस्तै समूह ‘ए’ मा श्रीलंका, पाकिस्तान, ओमान र अफगानिस्तान रहेका छन्। टेस्ट राष्ट्रका भने यू-२३ टिम प्रतियोगितामा सहभागी हुने छन्। नेपालले ३० गते हङकङ र मङ्सिर २ गते बंगलादेशसँग खेल्नेछ। आजै हुने अरु खेलमा बंगलादेश र हङकङ, पाकिस्तान र अफगानिस्तान र श्रीलंका र ओमन भिड्नेछन्।

Comments
Loading...
You might also like