१३ औं साग खेलकुद प्रतियोगिता : टेवल टेनिसको तयारी पूरा

  • 103
    Shares
0

दिलु नेपाल\ काठमाडौं, २८ कात्तिक। आगामी मंसीर १६ गतेदेखि काठमाण्डौंमा हुने १३ औं साग खेलकुद प्रतियोगिता अन्तर्गत टेवल टेनिस खेलको  तयारी पूरा भएको छ। निर्धारित समयमा नै खेलकुद गराउन हरेक दिनरात भोक तिखा नभनि लैनचौरमा खटिरहेका राष्ट्रिय खेलकुद परिषद्का बोड सदस्य एवं प्रदेश नम्बर ३ का संयोजक सुदिल शाहीले जानकारी दिए।

भौतिक संरचना, कवर्ड हलको सजावट, खेलकुद सामग्री, आवास लगायतको तयारी पूरा भएको उनको दाबी छ। जो कोहि लैनचौर छिर्दा सो टेबुलटेनिस खेलको लागि छनौट ईसथल गेटदेखि नै दुलहि सिगाँरिए झै सो भवनको मुहार नै फेरिएको स्थानीय धरेन्द्र पौडलले बताए। झनै रातिमा त उक्त ठाउँमा छिर्दा पहिलाको लौनचौर भवन हाल नयाँ सजावटले गर्दा उक्त ठाउँका स्थानीय दिपक सापकोटाले बताए।

सो खेल गराउन समिति निर्माण गरिएको तथा स्वदेश तथा विदेशबाट विभिन्न खेलका २७ टिमले प्रतिस्पर्धा गर्ने छन्। सागका समावेस खेलहरु काठमाडौं ,पोखरा, ललितपुर र जनकपुरमा हुनेछन्।

Comments
Loading...
You might also like