नेपालले चुम्याे महिला भलिवलकाे उपाधि

  • 139
    Shares
0

काठमाडौं, २८ कात्तिक । नेपाली महिला भलिबल टोलीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। बंगलादेशको ढाकामा शनिबार भएको फाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल च्याम्प्यिन बनेको हो।

नेपाली महिला भबिललमा यो पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि हो। ऐतिहासिक उपाधि जित्ने क्रममा नेपालले माल्दिभ्सलमाथि २५–१३, २५–१२, २५–८ को सहज जित निकालेको थियो। अपराजित रहँदै उपाधि जितेको नेपालले लिग चरणमा माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई हराएको थियो।

Comments
Loading...
You might also like