नेकपाको एकता : बाँकी काममा के-के हुँदैछ तयारी ?

  • 156
    Shares
0

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया लम्बिदा पार्टीको विधान प्रभावित हुने गरेको छ। करिब एक वर्ष देखि नेकपा स्थायी समिति बैठक र केन्द्रीय समितको बैठक बस्न सकेको छैन्। पार्टीको विधान अनुसार प्रत्येक तीन महिनामा स्थायी समिति र केन्द्रीय समितिको बैठक बस्न सकेको छैन।

यद्यपी नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय भएसँगै आइतबार नेकपा स्थायी समिति बैठक बोलाइएको छ। स्थायी समितिको बैठकबाट नेकपाका केन्द्रीय विभागहरूलाई पूर्णता दिने तयारी भइरहेको एक नेताले बताएका छन्। अहिले विभागका सदस्यहरूको नाम धमाधम संकलन भइरहेको छ। विभागका प्रमुख र उपप्रमुखहरूले तत्कालीन एमाले र माओवादीका आधारमा भागबन्डा गरेर सदस्यहरूको नाम संकलन गरिएका छन्।

प्रमुख र उपप्रमुखसहित पूर्वएमाले समूहबाट २० र पूर्वमाओवादी समूहबाट १५ जना रहने गरी सूची सिफारिस गर्न भनिएको विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश साहले जानकारी दिए। नेकपाको नियमावलीमा ३५ सदस्यीय विभाग गठन गर्ने व्यवस्था छ। हालसम्म नेकपाले केन्द्रीय विभागका प्रमुख र उप्रमुखबाहेक सचिव र सदस्यहरू नियुक्त गर्न सकेको छैन। नेकपाले गत साउन ३१ मा ३२ वटा केन्द्रीय विभाग गठन गरेको थियो। तर पार्टी एकता भएको डेढ वर्ष बितिसक्दा पनि केन्द्रीय विभागहरूलाई पूर्णता दिन सकेको छैन।

नेकपाका एक नेताका अनुसार विभागलाई पूर्णता दिन सदस्यहरुको नाम संकल भइरहेको छ। स्थायी समितिमा भन्दा पहिले केन्द्रीय सचिवालयमा नाम सिफारिस गर्ने तयारी भएको छ। यस विषयमा पार्टीका वरिष्ठ नेताहरु सँग परामर्श पनि भइरहेको छ। ती सूचीसहितको प्रस्ताव पार्टीको केन्द्रीय सचिवालयले अनुमोदन गरेपछि मात्र विभागले पूर्णता पाउनेछन्।

तर नेकपाका अध्यक्षद्वयले विभागलाई स्थायी समितिको बैठकबाट पूर्णता दिने गरी गृहकार्य गरिरहेको नेकपा स्रोतले जनाएको छ। दसैँअघि नै सिफारिस भइसकेका नामावलीको सूचीमा समेत सचिवालयले निर्णय नगरेपछि अधिकांश विभाग सक्रिय हुन पाएका छैनन्। ‘कतिपय विभागले सिफारिस पठाएका छन्,’ ती नेताले बताए, ‘अब हामी छिट्टै निर्णय गरेर विभागलाई पूर्णता दिने तयारीमा छौं।’

Comments
Loading...
You might also like