देवीदेवताका मूर्ति कुँद्ने एक अब्बल मूर्तिकार पूर्ण बहादुर

0

प्रेम पौडेल उज्जवल/चितवन। चितवनको माडी नगरपालिका–६ स्थित रामराज्यपुरका पूर्ण बहादुर बिक मूर्ति कुँद्न अब्बल छन् । सानै उमेरदेखि विभिन्न देवी देवीताको मूर्ति बनाउने र ढुङगालाई खोपेर आकृति दिलाउन सक्ने उनको कला रहेको थियो ।

भारतको कलकत्तास्थित म्युनिशिपालिटी आर्ट कलेजमा मूर्ति बनाउने कला सिकेका उनले आसाम तेजु सहरबाट ढुंगाको मूर्ति बनाउन थाल्नु भएको हो । मूर्ति कुँद्ने सिप सिकेका उनी हालको ६३ वर्षे उमेरमा समेत उही जोश र जाँगरका साथ आफ्नोे कामलाई निरन्तरता दिइरहेका छन्।

केही वर्षको भारत बसाई पश्चात् स्वदेश फर्कि माडीको रामराज्यपुरमा बसोबास गर्दै अएका विश्वकर्माले महाकालि, दुर्गा, शिव, पार्वती, गणेश, लक्ष्मी लगायत दर्जनौं देवी देवताहरुको मूर्ति निमार्ण गर्छन् । उनले बनाएका मूर्तिहरू माडीका विभिन्न धार्मिक स्थल, शैक्षिक संस्था लगायतमा स्थापित छन् भने देशका विभिन्न स्थानहरूमा समेत विक्रि हुने गरेको छ ।

यसरी दैनिक मेहनत र लगावका साथ निर्मित मूर्तिहरु बिक्रि गरेर नै आफ्नो घरखर्चि चलाउने गरेको उनको भनाई छ । उनले निर्माण गरेका मूर्तिहरू गुणस्तर र आकार अनुसार रू. ५ हजार देखि १ लाख सम्म पर्ने गरेका छन् । मूर्ति निर्माण गर्दा लाग्ने खर्च, मेहनत र परिश्रम अनुसार प्रतिफल नपाउँदा र तयारी मूर्ति विक्रि नभई घरमै थन्क्याउने परिस्थिति आईपर्दा भने दैनिक जोहो गर्न अत्यन्तै कठिन हुने गरेको उनले बताए। उनले भने, ‘मलाई अरूबाट कुनै सहयोग तथा रकमको अपेक्षा छैन तर आफूले दुःख गरेर निर्माण गरेका मूर्तिहरू उचित मूल्यमा बिक्रि हुनु नै मेरो लागि खुसिको कुरा हो ।’

माडी रामराज्यपुरस्थित बाँदरमुढे खोलको किनारमा पहिला ३ बिगाहा रहेको उनको घरजग्गा वर्षेनी बाढिले कटान गर्न थालेपछि अहिले खेतीयोग्य जमिन ३ कठ्ठा रहेको छ भने बाँकी सबै बगर तथा काँस र झाडीमा परिणत भएको छ ।

Comments
Loading...
You might also like