घट्यो सुनको मूल्य

  • 39
    Shares
0

काठमाडौं, २९ कात्तिक। साताको अन्तिम दिन आज शुक्रबार सुनको थोरै मूल्य घटेको छ। आज सुन प्रतितोला ७१ हजार ८ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो बिहीबार ७२ हजार रुपैंया पुगेको सुनको मूल्य आज २ सय रुपैंयाले घटेको हो। त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ५ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ५५ रुपैंयामा कारोबार भैरहेको छ। चाँदी प्रतितोलामा ५ रुपैंयाले घटेको महासंघले जनाएको छ।

Comments
Loading...
You might also like