पत्रपत्रिका वर्गीकरण : कुन पत्रिका कुन वर्गमा ? (सूचिसहित)

  • 106
    Shares
0

काठमाडौं। हरेक वर्ष प्रेस काउन्सिलले पत्रपत्रिकाको वर्गीकरण गर्ने गर्दछ। त्यस्ता पत्रिकालाई सरकारले मासिक लोककल्याणकारी विज्ञापनवापत् अनुदान दिने गरेको छ। काउन्सिलले यस अघिल्लो वर्षको सूचि सार्वजनिक गरेको छ।

प्रेस काउन्सिल नेपालले देशभरका ७ सय ६६ पत्रपत्रिकाको २०७४–७५ को वर्गीकरण नतिजा सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक नतिजाअनुसार क वर्गमा १५७, ख वर्गमा ३२१, ग वर्गमा २३९ र घ वर्गमा ४९ वटा परेका छन्।

वर्गीकरण प्रक्रियामा ९ सय १२ पत्रपत्रिका सामेल भएकामा ३१ वटा हुबहुमा परेको र एउटाको अंक नपुगेकाले बर्गीकरणमा सामेल नगरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिए। आवश्यक कागजात पेश नगरेका ६३ र जवाफ पेश नगर्ने ५१ वटा गरी ११४ वटाको वर्गीकरण नतिजा स्थगित गरिएको छ।

वर्गीकरणमा परेका ७६६ मध्ये राष्ट्रियस्तरका १५६, प्रदेशस्तरका १४२ र स्थानीय स्तरका ४६८ वटा कायम भएका छन्। वर्गीकरणमा सामेलमध्ये १४९ वटा दैनिक, ३ वटा अर्धसाप्ताहिक, ४६५ वटा साप्ताहिक, १२ वटा पाक्षिक, ७० वटठा मासिक, द्वैमासिक र त्रैमासिक ११, र साहित्यिक र भाषिक गरी ५६ वटा रहेका छन्।

पत्रपत्रिकाको वर्गीकरण सूचि हेर्नुहोस्

Comments
Loading...
You might also like