‘हिरासतमा हुँदा लेनदेनमा कुनै सहमति भएको छैन’

  • 159
    Shares
0

काठमाडौं, २९ कात्तिक। व्यापारिक ज्योति गु्रपका सदस्य रूप ज्योति रिहा भएका छन्। व्यापारिक ज्योति ग्रुपका सदस्य रूप ज्योतिले हिरासतमा रहँदा विजेन्द्रकृष्ण मल्ल र आफूबीच कुनै पनि किसिमको सहमति नभएको दाबी गरेका छन्। उनले मल्ल र आफूबीचमा सम्पर्क-संवाद नभएको बताए।

‘म आफू यसमा संलग्न भइनँ, मैले मेरो कोही प्रतिनिधि पनि पठाइनँ,’ उनले भने, ‘उहाँले किन जाहेरी फिर्ता लिनुभयो, उहाँलाई नै जानकारी होला।’

ज्योतिले ‘लेनदेन’ सुल्झाउने सहमति भएको भन्ने कुराबारे आफूलाई जानकारी नभएको बताए। ज्योतिमाथि जाहेरी दिने मल्लले दुई पक्षबीच लेनदेनमा सहमति भएको दाबी गरेका थिए।

Comments
Loading...
You might also like