निःशुल्क शिक्षा र स्वास्थ्य कांग्रेसको एजेण्डा बन्नुपर्छ : नेता महर

  • 38
    Shares
0

काठमाडौं, २९ कात्तिक। नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरले निःशुल्क शिक्षा र स्वास्थ्य नेपाली काङ्ग्रेसको एजेण्डा बन्नुपर्ने बताएका छन्। सुदूरपश्चिम प्रदेश कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको नेपाल शिक्षक संघको प्रदेश कार्यसमितिको प्रथम प्रतिनिधी सभालाई सम्बोधन गर्दै नेता महरले शिक्षा र स्वास्थ्य पूर्णरुपले जनताको स्वामित्वमा ल्याए मात्रै उक्त बिषय जनताको पँहुचमा आउने र त्यो नै काग्रेसको मुख्य एजेण्डा बन्नुपर्ने बताएका हुन्।

कांग्रेस प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने पार्टी भएकाले गरीबका छोराछोरीले पनि डाक्टर पढ्न पाउनुपर्छ भन्ने एजेण्डा बोकेर अगाडी बढेको छ, नेता महरले भने, गरीब, विपन्नले पनि निः शुल्क र सहज रुपमा सेवा पाउनुपर्छ भन्ने एजेण्डा कांग्रेसको हो र बन्नुपर्छ।

नेता महरले सम्बोधनका क्रममा स्थायी, अस्थायी र करार गरी देशभर ४ लाखको हाराहारीमा रहेका शिक्षकहरुको सेवा सुविधामा सरकार गम्भीर हुनुपर्ने र शिक्षकहरु पनि विद्यार्थीको मूख्य अभिभावक भएकाले जिम्मेवार बन्नुपर्ने बताए। त्यस्तै कार्यक्रममा नेता महरले नेपाली भूमि मिचिएकोबारे सरकार गम्भीर नबनेको भन्दैं आक्रोश पोखेका छन्। नेता महरले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन मर्न र मार्न परेपनि कांग्रेस पछि नहट्ने उद्घोष गरे।

Comments
Loading...
You might also like