बेलायतमा उधौली पर्व (फोटोफिचर)

  • 23
    Shares
0

बिमला लिम्बु/लण्डन। किराँत राई यायोक्खा बेलायतको आयोजनामा साकेला उधौली भव्य रुपमा सम्पन्न भएको छ। धामी (नाक्छुङ) द्वारा पानीपूजा, चुला (सुप्तुलुङ) पूजा सम्पन्न गरेपछि साकेला पुज्ने गरिन्छ।

बेलायतमा भएका चार जना धामी (नाक्छुङ) लाई किराँत राई यायोक्खा बेलायतका अध्यक्ष कल्पना राईले रितपूर्वक धामी बाँध्ने प्रस्ताव राखेका थिए। धामीहरुले प्रस्तावलाई स्वीकार गरेपश्चात् खोटाङ जिल्लाका पूर्व सभापति तथा सल्लाहकार रत्न राई र संरक्षक दिल बहादुर राईले फेटा लगाई धामीहरुलाई संस्कारगत शीर उभाएका थिए।

बेलायतमा मनाए साकेला उधौलि

किराँत राईहरूको साझा संस्था छाता संगठन किरात राई यायोक्खा, बेलायतले गेम्बल ल्याडमा भेला भई (धामी) नाक्छोगंबाट विधिगत ढंगले पूजा गर्दै साकेला सिली नाच्दै उधौलि मनाएका छन्। किराँतीहरूको यो चाँड आफ्नो जनजीवन र जीवनयापनसँग नजिक जोडिएको महत्व राख्दछ।

आफूले लगाएको सम्पूर्ण बालीहरू सप्रियोस्, कसैलाई पनि दुख बिमारले नसताओस् भन्ने प्रार्थना आफ्नो पृत पुर्खाहरूलाई गर्दै प्रत्येक वर्ष मंसीरे पूर्णिमादेखि उधौलि र वैशाखे पूर्णिमादेखि उभौलि मनाउने गर्दछन्।धामीहरु किताव शेर राई र टाइटेक्स् फल्माछाद्धारा आफ्नै घरमा पानीको पूजा सम्पन्न गरी साकेला पुज्न उपस्थित भएका थिए। किराँत राईहरुको आफ्नै भूमि ग्याम्बललेनमा चुलाको प्रतिक ‘सेउली गाडी’ पूजा गरेपछि साकेला थानमा गई उधौली पूजा गरेका थिए।

एक आपसमा उधौलीको शुभकामना आदान प्रदान गर्दै ढोल र झेम्टाको तालमा साकेला नाचेका थिए। अन्तमा चुलाको प्रतिक गाडेको सेउलीमा धामीहरुद्धारा विधि र संस्कारगत पुजा सकेपछि उधौली सम्पन्न भएको थियो।

IMG_1519

IMG_1520

IMG_1518

Comments
Loading...
You might also like