प्रधानमन्त्रीद्वारा कलाकार भट्टराई र क्षेत्रीप्रति श्रद्धाञ्जली

  • 42
    Shares
0

काठमाडौं, ३० मंसिर। चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन्। सोमबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले बितेका दुई दिनमा प्रतिभावान दुई कलाकार केशव भट्टराई र दीपक क्षेत्रीलाई गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

उनले शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन आइतबार राति करिव १०: १५ बजे हृदयाघातका कारण निधन भएको हो । भट्टराईको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिनेछ।

Comments
Loading...
You might also like