के महिला र पुरुषको दिमाग एकै रुपमा काम गर्छ ?

  • 25
    Shares
0

एजेन्सी। व्यवहारसम्बन्धी स्नायी वैज्ञानिक गिना रिप्पनको जिन्दगीमा सन् १९८६ को जुन ११ सबैभन्दा खुसीको दिन थियो। त्यस दिन उनले आफ्नो छोरीलाई जन्म दिएकी थिइन्। र सोही दिन चर्चित फुटबलर गैरी लिनेकरले पुरुष फुटबल विश्वकपमा ह्याट्रिक गरेका थिए।

त्यो रात रिप्पनलाई भर्ना गरिएको वार्डमा ९ वच्चाको जन्म भएको थियो। रुदैं गरेका साना नानी एक एक गरेर तिनका आमालाई दिइदैं थियो। उनको बच्ची दिदाँ नर्सले भनेको कुरा रिप्पनलाई अझै याद छ। नर्सले उनलाई भनिन् ,‘ यो बच्ची सबैभन्दा बढी चिल्लाई रहेकी छिन्। छोरीको जस्तो आवाजनै छैन।’

बच्ची जन्मिएको १० मिनेट पनि नहुदाँ तिनलाई छोरा र छोरीजस्तो भन्न थालिएकोबाट रिप्पनको मनमा भने चिसो पस्यो। छोरा–छोरीमा गरिने यस्तो भिन्नता विश्वभरी व्याप्त छ। प्रकृतिले महिला र पुरुषलाई एक समान बनाएको छ। हाम्रै समाजमा पनि नारी र पुरुष जिन्दगीको गाडिका दुई चक्काभन्ने जस्ता केही विश्वास व्याप्त छ।

तर फेरी दुईलाई एकदम फरक रुपमा लिइन्छ। यो विचारको चुनौती दिनको लागि रिप्पनले कयैन दशकदेखि निरन्तर लागिरहेकी छिन्। यी अनुसन्धानमार्फत उनले ‘द जेण्डर्ड ब्रेन’ नामको किताब लेखेकी छिन्।

‘दिमागको आकार र सोच्ने क्षमताबीच सम्बन्ध’

रिप्पन आफै मानिसको दिमाग लिंगको आधारमाट अलग नहुने बताउदैं हिडिरहेको समयमा उनको किताबको शिर्षकले अन्यौलता उत्पन्न गराउन सक्छ। जन्मेदेखि बुढेसकालसम्म हाम्रो व्यवहार, चाल–ढाल र सोच्ने तरिकाको आधारमा महिला र पुरुषको दिमाग निक्कै फरक छ भन्ने गरिन्छ।

रिप्पनलाई सन् २०१९मा आइपुग्दा पनि हामीहरु यस्तो पुरातन सोचले अघि बढिरहको देख्दा असहज लाग्छ। फरक रंगरुपमा भए पनि लैंगिक भेदभाव आज पनि जारी छ। विगत २०० वर्षदेखि महिला र पुरुषको दिमाग फरक भए नभएको भन्ने अनुसन्धानबाट जवाफ सधैं नकारात्मक आइरहेको छ।

विज्ञान र प्रविधिको सहयोग लिएर गरिएका कयैन पुराना विश्वास पूर्ण रुपले गलत साबित भएका छन्। फेरी पनि समाजबाट यो फरक मेटिएको छैन। महिलाको मस्तिष्क पुरुषको तुलनामा औसतमा सानो हुन्छ। औसत महिलाको मस्तिष्कको आकार औसत पुरुषको मस्तिष्कको तुलनामा करिब १० प्रतिशत सानो हुन्छ।

मस्तिष्कको आकार र सोच्ने क्षमतामा कुनै सम्बन्ध नभएको उदारणको लागि रिप्पनले हाती र ह्वेलको दिमागको उदारण दिइन। तिनको दिमागको आकारसँग मानिसको तुलनामा कयैन गुणा बढी हुन्छ, तर तिनको तार्किक क्षमता मानिसको छेउछाउ पनि आउदैन।

भनिन्छ, चर्चित वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको मस्तिष्कको आकार औसत पुरुषको तुलनामा सानो थियो। तर उनले त्यही दिमागबाट विश्वचर्चित आविष्कार गरे। यी आधारहरुलाई भन्न सकिन्छ कि दिमागको आकार र सोच क्षमता कुनै लिनुदिनु हुदैन। तर पनि समाजमा भिन्नताको प्रश्न बलियो छ।

नक्सा पढ्ने काम सामान्य ध्यान दिएर गर्न सकिने कार्य हो । तर अक्सर यो काम पुरुषले राम्रोसँग गर्न सक्छन् भन्ने विश्वास गरिन्छ।

‘महिलाको दिमागका गोदार्धबीच सुचना आदानप्रदान बढी’

रिप्पन मस्ष्किको आकारको अन्तरलाई नै अत्यधिक बढाईचढाई गरेर पेस गरिएको मान्छिन्। हाम्रो दिमाग दुई गोलार्धमा विभाजित हुन्छ । यी दुई हिस्साको बीचमा रहेको कार्पस कैलोसमले दिमागको दुई हिस्साको पुलको काम गर्छ। यसलाई ‘सुचनाको पुल’ पनि भनिन्छ। यो पुल पुरुषको तुलनामा महिलाहरुमा बढी व्यापक हुन्छ।

विज्ञानको यो खोज महिलाहरु तर्क वितर्क गर्ने विषयमा कमजोर हुन्छ भन्नेहरुको लागि जवाफ हो। समाजमा महिलाहरु तर्कवितर्कभन्दा भावना क्षेत्रमा सबल हुने विश्वास गरिन्छ। तर अनुसन्धानले यो विश्वासलाई गलत साबित गर्छ।

रिप्पन आफ्नो किताबमा लेख्छिन् , ‘आम धारणा के छ भने पुरुष गणित र विज्ञानमा राम्रो हुन्छन्। यी दुई कठिन विषयलाई तिनको दिमागले धेरै राम्ररी सम्झिन्छ भन्ने विश्वास छ। जबकी यो दावी सरासर गलत हो। दशकौंको अनुसन्धानपछि साबित भएको छ कि दिमाग एकै तरिकाले काम गर्छ। दिमागलाई मात्र हेर्दा त्यो महिला वा पुरुषको हो भनेर छुट्याउन नसकिने अवस्था छ।’

हाम्रो सोचलाई आकार दिनका हार्मोनको महत्वपूर्ण भूमिका हुन्छ। महिलाहरु हरेक महिना महिनावारी चक्रबाट गुज्रिन्छन्। यो समयमा तिनको शरिरमा कयैन हार्मोन उत्सर्जित हुन्छ। यही कुरालाई देखाएर तिनलाई कयैन महत्वपूर्ण कामबाट टाढा राखिन्छ।

यहाँसम्म कि अमेरिकाको स्पेस कार्यक्रममा महिलाहरुलाई यही आधारमा सामेल गरिएको थिएन। ‘प्रि–मेन्स्ट्रुअल सिन्ड्रोम’को अवधारणामा सबैभन्दा पहिले सन् १९३० मा सार्वजनिक भएको थियो। आज पनि धेरै मानिस महिनावारी सुरु हुनु अघि महिलाको शरिरमा हुने बदलावले तिनको सोचविचार गर्ने क्षमता असर पार्छ भन्ने विश्वास गर्छन्।

रिप्पन एक अनुसन्धानको आधार भन्छिन् ,‘महिनावारी शुरु हुनु अघि महिलाहरुको ठूलो मात्रामा एस्ट्रोजन नामको हार्मोन सक्रिय हुन्छ। यसले महिलाहरुको सम्झिने शक्तिमा सकारात्मक प्रभाव पार्छ।’

के महिला र पुरुषको दिमाग एकै रुपमा काम गर्छ ?

रिप्पनका अनुसार महिला–पुरुषबारेको धारणा समाजमा यति गहिरो प्रभाव जमाएर बसेको छ कि अनुसन्धानमा नतिजा त्यही विधमान धारणा अनुरुप आउँछन्। अनुसन्धानदाता यही समाजको हिस्सा भएकाले तिनमा यसको असर पर्छ नै। महिला स्वयमको सोच पनि यही धारणा अनुरुप आकार लिन थाल्छ।

हामी सबैको मस्तिष्क एकै रुपमा काम गर्छ। तर हुर्कदैं गर्दा तिनलाई जसरी तालिम दिइन्छ तिनले सोही अनुरुप काम गर्न थाल्छ। समाज सयौं वर्षदेखि महिला र पुरुषबीच फरक व्यवहार गर्दै आएको छ। हामी खेलौनासमेत बच्चाको लिंगको आधार दिएर हद गर्छौं। यदी कुनै बालक गुडिया खेल्न थाल्यो भने परिवारका मानिसलाई चिन्ता लाग्न थाल्छ कतै छोरा अर्कै दिशामा त जान लागेको छैन।

यही कुरा बालिकाको सन्दर्भमा पनि लागू हुन्छ। धेरै मानिस बच्चालाई लिङ्गका आधारमा फरक खेलौना दिनु उचित नभएको मान्छन्। रिप्पन बालबच्चाको लागि त्यस्तो खेल र खेलौना दिनुपर्ने मान्छन् जसले मस्तिष्कको विकास धेरैभन्दा धेरै हुन सकोस्। बालबालिकाहरुलाई सानैबाट विभेद गर्न नहुने भन्दै ब्रिटेनमा ‘लेट्स टोयज बी टोयज’ नामको अभियान चलाइएको छ।

अस्ट्रेलियामा पनि मानिसहरुलाई बच्चैदेखि केटा–केटीको भेद अन्त्य गर्नको लागि प्रेरित गर्न ‘प्ले अनलिमिटेड’ नामको अभियान चलाएको छ। यी अभियानले आंशिक सफलता प्राप्त पनि गर्‍यो। तर यसलाई व्यापक रुपमा लानुपर्छ। साँचो यही हो कि मानिसको दिमाग एकै हुन्छ। र , यसको कामको शैली हरेक मानिसमा अलग अलग हुन्छ। केटा वा केटीका अधारमा त्यसमा कुनै भिन्नता हुदैन। जति भिन्नता हामीले देख्छौं त्यो हुर्कदैं गर्दा समाजले सिकाएको कुरा हो।

Comments
Loading...
You might also like