सिँढी चढ्दा लडे भारतीय प्रधानमन्त्री मोदी (भिडियोसहित)

  • 841
    Shares
0

कानपुर, ३० मंसिर। यतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिँढी चढ्दै गर्दा लडेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । पहिलो पटक कानपुर पुगेका मोदी अटल घाटको सिँढी उक्लिदै गर्दा लडेका हुन्।

प्रधानमन्त्री मोदी गङ्गा सरसफाइ सम्बन्धी एउटा आयोजनाको छलफलका लागि त्यहाँ पुगेका थिए। सिँढीमा लडेपछि उनलाई तत्काल अङ्गरक्षकले उठाएका थिए। अटलघाट गंगामा यात्रा गरिसकेपछि सिँढी चढ्दै गर्दा खुट्टा चिप्लिएपछि उनी लडेको भिडियो क्लिपमा देख्न सकिन्छ।

Comments
Loading...
You might also like