नेकपाको माघमा केन्द्रीय समिति, २०७७ सालमा महाधिवेशन

  • 3.2K
    Shares
0

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीका आगामि कार्यक्रम सार्वजनिक गरेको छ। जारी स्थायी समिटी बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा माघको पहिलो हप्ता केन्द्रिय समितिको बैठक बोलाउने निर्णय भएको छ।

नेकपाले केन्द्रीय समितिको बैठकबाट ३ महिने ठोस कार्यक्रम निधारण गरी सातै प्रदेश एवम् विशेष प्रदेशहरूमा भेला, प्रशिक्षण र बैठक सञ्चालन गर्ने निर्णय गरेको हो।

नेकपाले सबै प्रदेश, विभाग, जवस र मोर्चाहरूलाई आ–आफ्नो कार्यक्षेत्र भित्र ३ महिने कार्यक्रम बनाई संगठन विस्तार र सुदृढ गर्ने तथा जन–सम्बन्ध विस्तार र सदृढ गर्न ठोस कार्ययोजना बनाई कार्यान्वयन गर्ने बताएको छ।

‘प्रदेशका तर्फबाट सबै जिल्लाहरूका भेला, प्रशिक्षण र बैठकहरूको आयोजना गर्ने तथा व्यापक जनपचिालनमा जोड दिने । सोही अनुसार प्रदेश र जिल्लाका तर्फबाट सबै स्थानीय कमिटिसम्म त्यसप्रकारका कार्यक्रमहरू सञ्चालन गर्ने’, प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनमा २०७७ सालको अन्त्यसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ पार्टी, विभाग, जवस र अन्य सबै मोर्चाका कामहरूलाई व्यवस्थित पार्न जोड गर्ने उल्लेख छ। यस्तो नेकपाको प्रतिवेदनमा उल्लेख भएरअनुसारको कार्यक्रमः

  • फागुन र चैत्र महिनामा सात वटै प्रदेशमा वृहत जन–सभाको आयोजना
  •  पार्टी सदस्यहरूको अभिलेख संकलन, सदस्यता नविकरण लेबी कोटा उठाउने देखि अन्य संगठनात्मक कामहरूलाई व्यवस्थित पार्ने।
  •  पहिलो ३ महिने कार्ययोजना पुरा गरी अर्को कार्ययोजना अवधिलाई जिल्ला पार्टी अधिवेशन तयारी अवधिका रुपमा अगाडि बढाउने।
  • सबै स्तरका पार्टी कमिटिहरूले स्थानीय प्रादेशीक र केन्द्रीय सरकारको कामलाई प्रभावकारी बनाउन आ(आफ्नो स्तरमा ठोस कार्ययोजना तयार पारी कार्यान्वय गर्ने।
  • सबै स्तरमा पार्टी र मोचाहरूलाई श्रम उत्पादन कार्य, र जन–सेवाका विविध कार्यक्रम बनाई निरन्तर क्रियाशील बनाउने करामा जोड दिने समाजवाद उन्मुख आर्थिक आधार तयार पार्न हाम्रो पार्टीले ठोस पहल लिन पर्दछ। सार्वजनिक, निजी र सहकारी क्षेत्रको समन्वयमा सामाजिक न्यायसहित आर्थिक विकासका साना–ठूला परियोजनाका सञ्जाल निर्माण गर्न पर्दछ। स्थानीय तहदेखि नै समाजवादको आधार तयार पार्ने करामा हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्दछ।
Comments
Loading...
You might also like