बल्क मेसेज पठाउने ह्वाट्सएप अकाउन्ट बन्द

  • 39
    Shares
0

एजेन्सी। अब बल्क मेसेज पठाउने ह्वाट्सएप प्रयोगकर्ताका अकाउन्ट बन्द गरिनेछ। फेसबुक स्वामित्वको मेसेजिङ एप ह्वाट्सएपले एकै पटकमा धेरै जनालाई मेसेज पठाउने अर्थात् बल्क मेसेज पठाउने प्रयोगकर्तामाथि कठोर कदम चाल्ने भएको हो।

ह्वाट्सएपका अनुसार तीव्र रूपमा विभिन्नखाले गु्रप बनाउने ह्वाट्सएप अकाउन्टमाथि पनि कारवाही गर्ने कम्पनीको तयारी छ। समाचार अनुसार तत्कालका लागि ह्वाट्सएपका सामान्य प्रयोगकर्ताहरू भने यो नियमबाट प्रभावित हुने छैनन्। ह्वाट्सएपले बिजनेस अकाउन्टका लागि मात्रै यो नियम लागू गरेको हो ।

उदाहरणको लागि यदि कुनै ह्वाट्सएप बिजनेस अकाउन्ट केवल पाँच मिनेट अगाडिमात्रै खोलिएको हो र त्यस अकाउन्टबाट १५ सेकेण्डमा १ सय वटा मेसेज पठाइएको छ भने त्यस्तो अकाउन्टविरुद्ध कारवाही गरिनेछ । ह्वाट्सएपले त्यस्तो अकाउन्टलाई बन्दसमेत गरिदिन सक्नेछ ।

साथै केही मिनेट भित्रैमै दर्जनौं गु्रप बनाउने ह्वाट्सएप अकाउन्टमाथि पनि कारबाही हुनेछ। ह्वाट्सएपका अनुसार स्पाम मेसेज रोक्नका लागि यस्तो कदम चालिएको हो। गत डिसेम्बर ७ देखि यो नियम लागू गरि सकिएको छ। केही महिना अघि ह्वाट्सएपले स्पाम तथा बल्क मेसेजमा लगाम लगाउनका लागि बल्क मेसेज फरवार्डिङलाई बन्द गरेको थियो। जसअनुसार प्रयोगकर्ताले एक पटकमा केवल पाँचजना साथीलाई मात्र मेसेज फरवार्ड गर्न सक्दछन्।

Comments
Loading...
You might also like