तीनकुनेकाे दुबाे चाेरी !

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङ नेपाल भ्रमणमा आउँदा तीनकुने वरिपरि दुबाे, फूल तथा बाेटबिरूवा राेपेर सुन्दर बनाइएकाे थियाे। तर, तीनकुनेमा रोपिएकाे दुबो भने चोरी भएको छ । केही क्षेत्रमा राखिएका दुबो चपरा हराएका हुन् ।

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमूख हरिकुमार श्रेष्ठले केही क्षेत्रबाट दुबो हराएकाे र दुबो हराउन थालेपछि महानगरपालिकाले सशस्त्र प्रहरीलाई सुरक्षा तथा रेखदेखका लागि अनुरोध गरेको बताए। उनले भने, ‘अहिले सशस्त्र प्रहरीले दुबो रोपिएका क्षेत्रमा रेखदेख गरिरहेको छ।’

सिनामंगलस्थित सशस्त्र प्रहरीको विपद् उद्धार गणका सशस्त्र प्रहरीले साे ठाउँमा सुरक्षा दिन थालेका छन् । गणका जुनियर अधिकृतको नेतृत्वमा दुई दर्जन बढी सुरक्षाकर्मीले तीनकुनेमा राेपिएकाे दुबाेकाे पहरा दिएका छन् ।

चिनियाँ राष्ट्रपति आउँदा तीनकुने पार्कमा तीनतर्फ डिल बनाएर त्यसमाथि फूल, विरुवा र दुबो रोपिएको थियो ।दुबो र विरुवालाई मर्न नदिन दैनिक दुई पटक विहान र बेलुका पानी हाल्ने गरिएको महानगरपालिकाले जनाएको छ । अब तीनकुने पार्कभित्र पनि व्यवस्थित पार्क बनाउने योजना महानगरको रहेकाे छ ।