बसभित्रै किशाेरीमाथि याैन दुर्व्यवहार, एक पक्राउ

rape-balatkar

काठमाडौं, ३० असाेज। किशाेरीमाथि याैन दुर्वयवहार गरेकाे आराेपमा एक युवक पक्राउ परेका छन्।

१९ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तार्केश्वर नगरपालिका–६ पैंयुटार बस्ने नुवाकोट घर भएका ३८ वर्षीय मिन कुमार लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

तारकेश्वर नगरपालिका–८ शान्तिटोल स्थित सडकमा जितपुर फेदी जाँदै गरेको बा ४ ख ७४७० नम्बरको बसमा लामाले ती किशोरीलाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जितपुरफेदीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हाे। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।