मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निष्कर्ष

kp sharma oli
  • 167
    Shares

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण नै गर्ने निष्कर्षमा पुगेका छन्। उपचारमा संलग्न चिकित्सकले नियमित डायलासिस वा पुनः प्रत्यारोपण रोज्न उनलाई विकल्प दिएका थिए।

प्रधानमन्त्रीले प्रत्यारोपण रोजेका छन्। प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने टुंगो लाग्न बाँकी छ। १३ कात्तिकमा ग्रान्डी अस्पतालमा भर्ना भएका ओलीको सोही दिन अल्ट्रा–फिल्ट्रेसन गरेर उनलाई डिस्चार्ज गरिएको थियो।

२७ दिन पछि शनिबार ग्रान्डीमै उनलाई अल्ट्रा–फिल्ट्रेसन गरिएको छ। जनबोलीमा सजिलो हुने भएकाले हेमोडायलाइसिस भनिएको उपचारमा संलग्न प्रा.डा.प्रेमराज ज्ञवालीले बताएका छन्। (नयाँ पत्रिका दैनिकबाट)

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्