८० देशमा रहेका भारतीय दूतावासमा एनआरएनद्वारा ज्ञापनपत्र 

  • 102
    Shares
0

काठमाडौं, १ मंसिर। भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्शामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेपछि विश्वभरका गैरआवासीय नेपालीले विरोध गरेका छन्।

विश्वभरका नेपालीले भारतीय अतिक्रमणको कडा विरोध गरेका छन्। विश्वभरका नेपालीहरूको छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले संस्थागत रूपमै भारतको उक्त कदमको कडा शब्दमा आलोचना गरेको छ।

भारतीय पक्षबाट भएको सीमा अतिक्रमणविरुद्ध उभिएको एनआरएनले आफू मातहतका राष्ट्रिय समन्वय परिषद्लाई भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन परिपत्र जारी गरिसकेको छ। नेपाल–भारत सीमा विवादबारे भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन राष्ट्रिय समन्वय परिषद्लाई परिपत्र जारी गरिसकिएको एनआरएनका महासचिव डा. हेमराज शर्माले जानकारी दिए।

करिव ७० लाख गैरआवासीय नेपालीको प्रतिनिधित्व गर्ने एनआरएनको हाल ८० बढी देशमा राष्ट्रिय समन्वय परिषद् रहेका छन्। आफ्नो अनुकूलता हेरेर सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्ले सोही देशमा रहेको भारतीय दूतावासमा ज्ञापनपत्र बुझाइने गरी परिपत्र जारी गरिएको डा. शर्माको भनाइ छ।

हेनुहोस् विज्ञप्ति

press_note_kumar

Comments
Loading...
You might also like