कालापानीबाट भारतीय सेना हटाउँछौं : प्रधानमन्त्री

kp-oli

काठमाडौं, १ मसिंर। प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमि फिर्ता ल्याइछाड्ने दाबी गरेका छन्। नेपालका भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराबाट सेना फिर्ता लैजान पनि भारतलाई प्रधानमन्त्री ओलीले आग्रह गरे।

आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो भूमिबाट छिमेकीले विदेशी सेना फिर्ता लैजाऊन्, ’ आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं।’

सरकारले नक्सा सच्याउने मात्र होइन भूमि फिर्ता ल्याउँने उनले बताए। संवादमार्फत् सीमा विवाद समाधान गर्न सरकार सक्षम रहेको उनले बताए।

प्रधानमन्त्री ओलीले आफ्नो एक इञ्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन्। ओलीले यो सरकारले विदेशी फौज फिर्ता गराउने समेत प्रष्ट पारे ।