एनआरएनएको ४० प्रतिशत मतगणना सकियो, कसले लिँदैछ अग्रता ?

0

काठमाडौं, १  कात्तिक। गैरआवासीय नेपाली संघ (एनआरएनए) को मतगणना कार्य भइरहेकाे छ। अहिलेसम्म ४० प्रतिशत मतगणना सकिएको बताइएकाे छ । यद्यपि, निर्वाचन समितिले यसको आधिकारिक जानकारी भने दिइसकेको छैन ।

बिहीबार सम्पन्न निर्वाचनको शुक्रबार बिहान सम्ममा ४० प्रतिशत मतगणना सकिएको एनआरएनए स्रोतले जनाएको छ । निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो ।

जारी मतगणनामा कुमार पन्तले अग्रता बनाएका छन् । एनआरएनए स्रोतका अनुसार, पन्तले आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई ७० मतले पछि पारेका छन् ।

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन गत असोज २८ देखि सुरु भएको थियो । ३० गतेसम्मका लागि महाधिवेशन तय गरिएको भए पनि प्राविधिक तथा अन्य विवादका कारण सम्मेलन लम्बिएको हाे । निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् ।

Comments
Loading...
You might also like