एनआरएन

एनआरएनएको मतगणना जारी, आचार्यलाई पछि पार्दै पन्त अगाडि

काठमाडाैं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को मतगणना अहिले जारी रहेकाे छ। अहिलेसम्मकाे मतगणनामा कुमार पन्त अगाडि रहेका छन्। एनआरएनए स्रोतका अनुसार, पन्तले आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई ७० मतले पछि पार्दै अग्रता लिएका हुन्।

४० प्रतिशत मतगणना सकिएको भन्ने जानकारी भएपनि निर्वाचन समितिले यसको आधिकारिक जानकारी भने दिइसकेको छैन । बिहीबार सम्पन्न निर्वाचनको शुक्रबार बिहान सम्ममा ४० प्रतिशत मतगणना सकिएको एनआरएनए स्रोतले जनाएको हाे । निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो ।

निर्वाचनमा शुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएता पनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो । एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन गत असोज २८ देखि सुरु भएको थियो । ३० गतेसम्मका लागि महाधिवेशन तय गरिएको भए पनि प्राविधिक तथा अन्य विवादका कारण सम्मेलन लम्बिएको हाे । निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् ।

लेखकको बारेमा

लाेकपाटी न्यूज

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए [email protected] मा इमेल गर्नहुन अनुरोध छ।