कालापानीको सेना युद्ध वा कुटनीतिबाट मात्र हटाउन सकिन्छ : डा. बाबुराम भट्टराई

  • 419
    Shares
0

काठमाडौं, २ मंसिर। समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले कालापानीबाट भारतीय सेना हटाउन कस्तो रणनीति अप्नाउने निर्क्योल गर्न सरकारलाई सुझाव दिएका छन्। भारतीय सेना हटाउने प्रधानमन्त्रीको उद्घोषका लागि धन्यवाद व्यक्त गर्दै उनले सो कुरा भनेका हुन्।

आइतबार प्रधानमन्त्री ओलीले नेकपाको युवा संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेपालको एक इन्च जमिन पनि नछाड्ने र कालपानीबाट भारतीय सेना हटाएरै छाड्ने उद्घोष गरेका थिए। प्रधानमन्त्रीको उक्त उद्घोषपछि पूर्व प्रधानमन्त्री डा. भट्टराईले ट्विटमार्फत प्रतिक्रिया दिँदै कालापानी विवाद युद्ध वा कूटनीतिबाट मात्र हल गर्न सम्भव हुने भएकोले कस्तो रणनीति अप्नाउने निर्क्योल गर्नुपर्ने बताएका छन्।

‘कालापानीबाट भारतीय सेना हटाउने भनेर सार्वजनिक रुपमै साहसिक उद्घोष गरेकोमा म प्रधानमन्त्री ज्युलाई धन्यवाद दिन चाहन्छु, तर, यो कि युद्ध कि त एक कुशल कूटनीतिबाट मात्र सम्भव छ। सत्तामा रहेका व्यक्तिले यसरी सार्वजनिक रुपमा दिएको मन्तव्यले माथि उल्लेखित कुनै रणनीतिलाई सहयोग गर्दैन,’ डा. भट्टराईले ट्विटरमा लेखेका छन्।

उनले कालपानीबाट भारतीय सेना हटाउन युद्ध र कुशल कूटनीतिबाट मात्रै सम्भव रहेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिले दुवै रणनीतिलाई सम्बोधन नगरेको आरोप समेत लगाएका छन्। भारतले नेपाली भूमि कालापानी क्षेत्रलाई आफ्नो नयाँ नक्सामा राखेर सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ। सरकारले सो भूमि आफ्नो भएको दावी गर्दै भारतीय नयाँ नक्सा अमान्य रहेको बताएँदै आएको छ।

Comments
Loading...
You might also like