लोकसेवामा नाम निकाल्ने सुत्र

  • 56
    Shares
0

तुलनात्मक रूपमा गाह्रो मानिए पनि लोकसेवा पास गर्न असम्भव छैन। लोकसेवामा सफल हुन सबैभन्दा पहिले आत्मविश्वास आवश्यक हुन्छ।

लोकसेवामा सफल हुने सपना पूरा गर्न पठनपाठनको बानी सुधार्नुपर्छ। हजारौँको बीचबाट सफल हुन विद्यालय तथा विश्वविद्यालयमा केही सयको संख्यामा प्रतिस्पर्धा गर्ने गरी पढेको अध्ययनले पुग्दैन।

उत्तर दिँदा उदाहरणसहित भन्न खोजेको विषय प्रस्ट पार्ने। लम्बेतान भाषाले भन्दा सानो एउटा उदाहरणले भन्न खोजेको विषय सजिलोसँग प्रस्ट्याउँछ।

प्रतिस्पर्धीको संख्या, परीक्षाको समय, सुनिश्चित भविष्य आदि जस्ता विषय ख्याल गर्नुस् किनकि यसले तपाईंलाई दबाब र ऊर्जा दुवै दिन्छ।

सर्र पढ्ने होइन, पढेका विषयमाथि ध्यान दिनुस् । मैले कति पढेँ भन्दा पनि कति बुझेँ भन्ने महत्वपूर्ण हुन्छ।

अध्ययनसँगै लेखनी, भाषाशैली, प्रविधि, अन्तर्वार्ता जस्ता विषयमा पनि पर्याप्त तयारी गर्नुपर्छ।

Comments
Loading...
You might also like