‘आज हारकाे शिक्षाले भविष्यमा जित्नेछु’

  • 362
    Shares
0

काठमाडौं, २ कात्तिक २ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा सचिव पदकी उम्मेद्वार शुष्मा राईले आफू पराजीत भएपनि निर्वाचनबाट आएको परिणामलाई सहज रुपमा लिएको भन्दै सवैलाई धन्यवाद दिएकी छिन्। लामो समयदेखि एनआरएनएको अभियानमा लाग्नुभएकी राईले आज हारेको व्यक्ति भोली जित्ने छ भने आज जितेको व्यक्तिले भोली हार्नेछ भन्दै अभियानमा भने सदैव लागिरहने प्रष्ट पारेकी छिन्।।

यस्तो छ राईको भनाई

एनआरएनए आईसिसिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा भागलिनु हुने आदरणीय मतदाताहरु, समाजका अग्रजहरु, मिडियाका साथीहरु तथा सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहान्छु। यो लोकतान्त्रिक प्रक्रियामा भाग लिदा आउने परिणामलाई मैले सहज स्वीकार गर्छु।

मलाई विश्वास गरे मतदान गर्ने र विभिन्न बाध्यताका कारण मलाई मतदान गर्न नसक्ने अवस्थामा रहेका मतदाताहरुलाई पनि विशेष धन्यवाद भन्न चाहान्छु । यो महानअभियान हो । आज हारेको व्यक्ति भोली जित्ने छ भने आज जितेको व्यक्तिले भोली हार्नेछ। निर्वाचनमा जित वा हार स्वभाविक हो ।

मैले पनि लोकतान्त्रिक प्रक्रियामा भाग लिएको थिए । मेरो परिवारलगायत यहाँहरुबाट जे जति तपाईको साथ सहयोग पाए । त्यो गर्व गर्न लायक भयो । त्यसमै म खुशि छु । फेरी पनि सम्पूर्ण एनआरएनएहरु तथा सहयोगी हातहरुलाई प्रति नमन गर्न चाहान्छु ।

शुष्मा राई

एनआरएनए अभियन्ता तथा सचि व पदका उम्मेदवार

Comments
Loading...
You might also like