विरोधीले कान खोलेर सुनुन्, म अहिल्यै मर्दिनँ

0

काठमाडौं, ४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अहिल्यै मरोस् भन्नेहरुको चाहना पूरा नहुने बताएका छन्। बुधबार बिहान सिंहदरबारमा गृह मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्।

संविधान दिवसको पूर्वसन्ध्यामा गृह मन्त्रालयले छलफल कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रमको प्रमूख अतिथि थिए प्रधानमन्त्री ओली। कार्यक्रममा ओलीले आफू मरेपछि सत्तामा हालिमुहाली गर्न पाइन्छ भन्ने मानसिकता त्याग्न प्रतिपक्षीलाई आग्रह गरे।

प्रधानमन्त्री ओलीले भने, ‘म थप उपचारका लागि भोलि सिंगापुर जाँदैछु। विरोधीहरुले यो छिटै मरोस् भन्ने चाहन्छन्। लेखेर राख्नुस् म अहिल्यै मर्दिनँ। उपचार गरेर फर्कन्छु। विरोधीहरुले यो मर्ला र राइँदाइँ गरौंला भन्ने नसोचे हुन्छ। कांग्रेस पनि याे भ्रमबाट मुक्त हाेस्। बरु अर्को चुनावको तयारी गर्नुस्।’

प्रधानमन्त्री ओलीले अर्को निर्वाचनमा पार्टीहरुको हैसियत देखिने पनि दावी गरे। उनले थपे, ‘भ्रममा नपर्नुस्, अर्को चुनावको तयारीमा लाग्नुस्, कसको हैसियत के हो, आउने चुनावले देखाइदिन्छ।’

Comments
Loading...
You might also like