भलु भैरव शारिरिक सुगठन च्याम्पीयनसिपको उपाधि निपेश श्रेष्ठलाई

  • 123
    Shares
0

रमेश भुसाल\ पश्चिम नवलपरासी, ५ पुस। पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न दोस्रो भलु भैरव अन्तर क्लब शारिरिक सुगठन प्रतियोगीताको ओभरल च्याम्पीयनसिप काठमाडौंका निपेश श्रेष्ठ बनेका छन्। ७० केजी समूमा ४ जानालाई पछि पार्दै ओभरल च्याम्पीयनसिपका लागि प्रतिस्पर्दाको मैदानमा उत्रेका निपेश श्रेष्ठले च्याम्पीयनसिप वनेसँगै नगद रु ५० हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्।

निपेशसँगै ओभरल च्याम्पीयनसिपका लागि ५५ केजी तौल समूहका प्रथम सागर गोले, ६० केजी तौल समूहका प्रथम तिलक थापा, ६५ केजी समूहका प्रथम रामचन्द्र तामाङ र ७५ भन्दा माथिको तौल समुहका प्रथम सागर खत्रि ले प्रतिशपर्दा गरेका थिए।

डेल्टा गु्रप भलु भैरव जिम एण्ड फिटनेश सेन्टर सुनवलको आयोजनामा सम्पन्न शारिरिक सुगठन प्रतियोगीता भलु भैरव काठमाडौं, वुटवल, सुनवल लगायत ५ शाखाका विभिन्न तौल समूहका खेलाडीहरुलाई ५ इभेन्टमा खेलाईएको थियो। सुगठन प्रतियोगीतामा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरुको समेत उपस्थिती रहेको थियो।

७ सय १८ केजी तौल उठाउन सफल दुई पटकका विश्व विजेता ग्रप काजि, एसियन प्यासिफिक च्याम्पीयन रजनी श्रेष्ठ, ४४ इञ्च अग्ला वोडिविल्डरस मोहन आली, भलु भैरवका संस्थापक अध्यक्ष जिवन गिरिको समेत उपस्थिती रहेको थियो ।

भाइरल अघोरी बाबको समेत उपस्थिीत रहेको शारिरिक सुगठन प्रतियोगीतामा लोकदोहोरी गायक गायिका सिता राना र वसन्त लम्सालले सुगठन प्रतियोगीतामा उपस्थित दर्शकहरुलाई मनोरञ्जनका लागि सांगितक प्रस्तुती दिएका थिए। सुनवलको पहिचाको निम्ती सुनवलमा शारिरिक सुगठन प्रतियोगीता गरेको डेल्टा गु्रप भलु भैरव जिम एण्ड फिटनेस सेन्टरका अध्यक्ष सन्तोष पौडेलले बताए। कार्यक्रममा समाजसेवि, राजनैतिक , खेलकुद , बौद्धिक एवं खेलकुद प्रेमिहरुको बाक्लो उपस्थिीत रहेको थियो।

त्यसैगरी सुनवल नगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहभागि भएको कार्यक्रममा डेल्टा गु्रप भलु भैरव जिम एण्ड फिटनेस सेन्टरका सचिव हरि भण्डारीको स्वगत मनतब्य तथा उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्या र नेकपाका नेता थान प्रसाद गैरे लगायतले शुभकामना मनतव्य राखेका थिए।

Comments
Loading...
You might also like