पोखरीमा डुबेर २ बालिकाको मृत्यु

  • 16
    Shares
0

महेश सिंह/सिरहा, ५ असोज । सिरहामा बाख्रा चराउन गएकी दुई बालिकाको आइतबार पोखरीमा डुबेर ज्यान गएको छ । गोलबजार नगरपालिका ९ गोविन्दपुरका राजु थापाकी १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया रानी खातुनको पोखरीमा डुबेर ज्यान गएको हो ।

साथीहरुसँगै जंगलमा बाख्रा चराउन गएका उनीहरुको पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको वडाअध्यक्ष रामपुकार कामतीले बताए । पानीमा डुबे पनि बाहिर नदेखिएपछि प्रहरी र स्थानीयले खोजेर पानीभित्रबाटै दुवै बालिकालाई निकालेको हुन् ।

दुवै बालिकाको शव पोष्टमार्टमको लागि लाहन अस्पताल राखिएको इलाका प्रहरी कार्यालय लाहनको इन्सपेक्टर बिजय यादवले जानकारी दिए । स्थानीय र प्रहरीले घटना भएलगत्तै उद्धारको प्रयास गरे पनि सफल हुन नसकेको बताए ।

थापाको बुबाको मृत्यु भइसकेको छ भने आमाले अर्कै विवाह गरिसकेकी छिन् । उनी हजुर आमासँग बस्थिन् । खातुनका बुबा बेपत्ता भएको वर्षौं भइसकेको छ भने आमाले अर्कैसँग विवाह गरेर गएकी छिन् । उनी मावलीमा बस्दै आएकी थिइन् ।

Comments
Loading...
You might also like