“आउ आउ नाँनी हाे” भन्दै प्रकाशकलाकाे सांगीतिक आगमन ( भिडियाे सहित)

0

असोज ०५ काठमाण्डौं । गायिका प्रकाशकला श्रेष्ठकाे आवाजमा “आउ आउ नाँनी हाे” गीतकाे भिडियाे युवटुव मार्फत सार्वजनिक भएकाे छ । गायिका श्रेष्ठकै शब्द/रचनामा एरेन्ज तथा संगीत अशोक थापाकाे रहेकाे छ ।

नेपालको पुर्वि क्षेत्रमा पनि चलचित्र तथा म्युजिक भिडियोहरु धेरै बन्न थालेका छन्। पुर्वमै बसेर यसरी गीत संगीत आफ्नो पहिचान बनाउन भने त्यति सजिलो छैन्। प्रविधिको अभाव,उचित अवसरको कमि,यस्ता कारणले गर्दा मोफसलमा यो क्षेत्रमा टिक्न गाह्रो हुन्छ।तर यसका बावजुत पनि गीत संगीतप्रतिको मोह अहिले पुर्वमा निकै बढन थालेको छ। यसकै एउटा उदाहरण हुन प्रकाशकला श्रेष्ठ ।

मोफसलमै भएता पनि उनको गीत संगीतप्रतिको मोह तथा लगाव एकदमै छ। भजन किर्तनबाट गायन यात्रा सुरु गरेर श्रेष्ठले हालै एउटा नँया बालगीत सार्वजनिक गरेकी छिन्।उनको आफ्नै शब्द रहेको यस बालगीतमा स्वर पनि आफै भरेकि छिन्। यसको एरेन्ज तथा संगीत भर्ने काम अशोक थापाले गरेका हुन भने यो गीतको रेकर्ड काब्या रेकर्डिङ स्टुडियोमा गरीएको हो।

पुर्वी नेपालको झापामा रमणिय स्थलमा छायाँकन गरीएको उक्त भडियोको छाँयाकन सन्देश मोतेले गरेका हुन भने ड्राेन क्यमरा सागर पौडेलले चलाएका छन्।यस्तै भिडियोमा तुलसी बास्कोटाले रंग संयोजन गरेका छन भने यसको सम्पादन तथा निर्देशन ज्ञानेन्द्र कोईरालाले गरेका हुन्।

हेर्नुहोस पुरा भिडियोः

Comments
Loading...
You might also like