प्रचण्ड भेट्न नेपाल पुगे खुमलटार

0

काठमाडाैं, ६ भदाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य माधवकुमार नेपालबीच पार्टीभित्र देखिएको तनावलाई सहजीकरण गर्ने विषयमा छलफल भएको छ।

दुवै नेताहरुबीच शुक्रबार प्रचण्ड निवास खुमलटारमा करिब दुई घण्टा छलफल भएको प्रचण्ड निकट स्राेतले जनाएकाे छ।

बिहीबार भएको बैठकमा अध्यक्ष केपी शर्मा ओली र नेस्रो वरीयताका नेता नेपालबीच निकै चर्काचर्की भएको थियो। बिहीबार नै अध्यक्ष ओली उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। अध्यक्ष ओली सिंगापुर प्रस्थान गरेको भोलिपल्टै अर्का अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

अध्यक्ष प्रचण्ड र नेपालबीच के–के विषयमा छलफल भयो भन्नेबारे जानकारी गराइएको छैन।

Comments
Loading...
You might also like