- 19Shares
एजेन्सी। भारतको हैदरावादस्थित सिकन्दरावादमा रहेको दुर्गा भवानी मन्दिरबाट मूर्तिको ताज चोरी भएको छ। बुधबार साँझ सवा ६ बजे भएको घटना मन्दिरभित्रको सिसिटिभी फुटेजमा कैद भएको थियो। उक्त फुटेज बिहीबार सार्वजनिक भएको हो।
भिडिओमा अनौठो खालको दृश्य देखिन्थ्यो। भिडिओमा चोरले अनौठो तरिकाले चोरी गरेको देखिन्छ। अधबैंसे जस्तो देखिने एक व्यक्ति साधारण भक्तजन जसरी मन्दिरभित्र पस्छन्। मन्दिरभित्र पस्नुअघि उनले ढोकामा ढोक्छन्।
भित्रपसेपछि तीन फन्को लगाउँछन्। भगवानसँग माफी माग्छन् र फेरि फन्को लगाउँछन्। यताउता हेर्छन्, कोही नदेखेपछि उनी मूर्तिको छेउमा पुग्छन् र दुर्गाको ताज निकाल्छन्। उनले उक्त ताज शरीरभित्र लुकाउँछन् र सामान्य हाउभाउसहित बाहिर निस्कन्छन्।
सिसिटिभी फुटेजमा यस्तो दृश्य देखेपछि प्रहरीले अनुसन्धान अघि बढाएको बताएको छ।
A CCTV footage of a theft at Durga Bhavani Mandir in Gunfoundry, Secunderabad. A crown of Durga mata was stolen from the temple. Interesting to see how the thief apologizes first to the mata, prays and then steals the crown. Case registered, investigation underway. #Hyderabad pic.twitter.com/kZ06DZpI4W
— Paul Oommen (@Paul_Oommen) November 21, 2019