एसिड बोकेको ट्याङ्कर भ्यानमाथि पल्टिँदा एकै परिवारका ९ को मृत्यु

0

काठमाडाैं, ७ भदाै। एसिड बाेकेकाे ट्यांकर भ्यानमाथि पल्टिँदा ९ जनाकाे मृत्यु भएकाे छ। भारतको पूर्वी राज्य राजस्थानस्थित राजसमन्द जिल्लामा भएको साे दुर्घटनामा परी ९ जनाको मृत्यु भएको हाे ।

राजसमन्द जिलको देसुरीमा एक ट्यांकर अनियन्त्रित भएर भ्यानमाथि पल्टिँदा ९ जनाको मृत्यु भएको हो । दुर्घटनामा मर्ने सबै एकै परिवारको भएको बताइएको छ । ट्यांकरले भरी एसिड बोकेको थियो ।

भ्यानमा सवार परिवार जिल्लाको शाहपुरा कस्बेबाट घुम्नको लागि निक्लिएका थिए । मृत्यु हुनेमा तीन बच्चा, दुई महिला र चार पुरुष रहेका छन् । दुर्घटनापछि पल्टिएको ट्यांकरबाट एसिड पोखिएकाले स्थानीय मानिस सहायताको लागि हच्किएका थिए । दुर्घटनाको तीन घण्टापछि मात्र शवलाई बाहिर निकालिएको थियो ।

अनुसन्धानबाट भ्यानमा सबार सबैको ज्यान गएको पाइएको छ । दुर्घटनाले गर्दा पाँच घण्टासम्म सडक जाम भएको थियो । यसले गर्दा सकडको दुवै तर्फ वाहनको लामो लाइन लागेको थियो । –एजेन्सी

Comments
Loading...
You might also like