प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

kp sharma oli
  • 44
    Shares

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः ग्राण्डी अस्पताल पुगेका छन्। नियमित स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्री ओली आज पुनः ग्राण्डी अस्पताल पुगेका हुन्।

परीक्षणपछि आजै निवास फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।पछिल्लो समय प्रधानमन्त्रीको मिर्गौलाको नियमित डायलसिस ग्राण्डी अस्पतालमा भइरहेको छ।

डायलसिस प्रक्रियाबाहेक अन्य विकल्पको बारेमा समेत प्रधानमन्त्रीका चिकित्सकहरुले छलफल गरिरहेका छन्। १३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले यसबीचमा दुईपटक सिंगापुर पुगेर उपचार गराइसकेका छन्।