‘७० करोड वर्ष अगाडि सर्पका खुट्टा थिए’

  • 176
    Shares
0

एजेन्सी। सर्पको खुट्टा हुँदैन हामी सबैलाई थाहा छ। तर ७० करोड वर्ष अगाडि सर्पको खुट्टा भएको वैज्ञानिकहरुको नयाँ खोजले पत्ता लगाएको छ।

गत बुधबार अमेरिकी जर्नल साइन्स एडभान्सेसमा प्रकाशित अनुसन्धानमा सर्पको खुट्टा भएको जनाइएको छ। सर्पका जीवाश्मको नयाँ अध्ययनबाट सर्पहरुको खुट्टा भएको पत्ता लागेको हो।

अर्जेन्टिाको पाटागोनिया क्षेत्रमा भेटिएका सर्पका जीवाश्ममा सर्पहरुको खुट्टा हुने गरेको संकेत पाइएको छ। अनुसन्धानमा सर्पका हाड, खोपडीजस्ता अंगहरुको अध्ययन गरिएको थियो।

अध्ययनअनुसार पहिलेका सर्पहरु अहिलेकाभन्दा तुलनात्मक रुपमा ठूला खालका हुन्थे। ७० करोड वर्षयता देखि भने सर्पहरुको खुट्टा हराउन थालेको अनुसन्धानमा बताइएको छ। -सीएनएन

Comments
Loading...
You might also like