सुदूरपश्चिममा भुवा पर्व सुरु

  • 160
    Shares
0

राजेन्द्र बिक\  बाजुरा, ९ पुस। प्रत्येक वर्ष पुस औंसीको अघिल्लो दिनदेखि सुरु हुने भुवा पर्व बाजुरालगायत सुदूरपश्चिका विभिन्न जिल्लाहरुमा खेलिने दशैं पछिको दोस्रो ठूलो पर्वका रुपमा मनाइन्छ। त्रेतायूगमा पाण्डव र कौरवीचको लडाई सकिएपछि पाण्डवपक्षले खुसियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ।

दमाहबाजाका साथ खेलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको छ। भुवा पर्वमा पुरुषहरुले हातमा तरबार र खुकुरी प्रदर्शन गरी चाली खेलेर मनाइने परम्परा छ। भुवा पर्वको सुरुको दिन राँके जुलुस निकालेर रातभर दमाहका तालमा गीत गाउने गरिन्छ ।

संस्कृतिको जर्गेना गर्न यो भुवा पर्व तीनदेखि ५ दिनसम्म मनाइन्छ। यस पर्वमा गाउँमा छैट खेल्ने चलन पनि छ। घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उसको घरमा गएर छैट माग्ने चलन छ। छैटमा घरको आँगनमा भगवान श्रीकृष्णको गाथा गाउने, बच्चालाई गाउँका ठूलाबाडा मान्यजनले आर्शिबाद दिने र घरको मान्छेले सबै गाउँले बोलाएर भोज गर्ने चलन यस पर्वको अर्को विशेषता हो।

Comments
Loading...
You might also like